चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालले मृतककाे बारेमा यसाे भन्याे

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ३६


काठमाडौं । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएको छ ।

कोरोना विषेश अस्पतालले मृत्यु भएका युवक लुपसका बिरामी भएको अस्पतालले स्पष्ट पारेको छ।

वीरगन्ज–२२ जगन्नथपुरका सन्तोष यादवलाई लुपस भनिने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको समस्या देखिएको थियो।

अस्पताद्धारा जारी विज्ञप्तिमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो । मृतक यादवको श्वासप्रश्वासमा समस्या बढेपछि आइसीयूमा सारिएको थियो। 

यादवकाे आज विहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले बताएकाे छ । कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएका उनको शव अस्पतालमै राखिएको छ । उनको स्वाब परीक्षणका लागि हिंजाे नै टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले बताएकाे छ । 


प्रतिक्रिया दिनुहोस्