काठमाडौँ। फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस पोजिटभ देखिएपछि सरकारले उनी आएको हवाईजहाजमा यात्रा गरेका अन्य यात्रुको समेत खोजी गरेको छ । स्वास्थ्य मन्त्रालयले ४ चैतमा कतारबाट काठमाडौँका लागि उडेको विमान कतार एयरवेजको फ्लाइट – QR ६५२ रहेको जनाएको छ ।
सो विमानमा २०५ जना यात्रु भएको समेत स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले त्यस दिन सो फ्लाइटबाट आएकाहरुले हटलाईन नम्बर ९८५१२३३८३९, ९८५१२३३८३४ र ९८५१२३३८३७ मा सम्पर्क गरेर जानकारी लिन वा दिन अनुरोध गरेको छ ।