काठमाडाैं । कोरोनाभाइरसको बारेमा भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका पास्टर केशवराज आचार्य पक्राउ परेका हुन् ।
आचार्यले यशुका अनुयायीलाई कोरोनाभाइरस नलाग्ने भन्दै क्रिश्चियन धर्ममा लाग्न अनुरोध गर्दै भ्रम फैलाएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले यसअघि पनिफुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए ।
उनको यो भिडियो भाइरल बनेको थियो । आचार्यले केही दिन यता यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिदै आएका थिए । कोरोनाभाइरसबाट बच्नका लागि क्रिश्चियन धर्म मान्नु पर्ने भन्दै गलत प्रचार गरेका थिए ।