नेपाल प्रवेश गर्न खोज्दा गौरीफन्टा नाकामा झडप

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ४८


कैलाली । जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको गौरीफन्टामा भारतका विभिन्न शहरबाट आएकाहरु र प्रहरीबिच झडप भएको छ । थुप्रै सङ्ख्यामा रहेका नेपाली सोमबार रातिदेखिसीमा क्षेत्रमा अलपत्र परेका थिए । सुरक्षाकर्मीले आउन नदिएको भन्दै मंगलबार बिहानैदेखि उनीहरु नाराबाजी गरेपछी झडप भएको हो ।

कैलालीका सबै ठाउँ मंगलबार बिहानै ६ बजेदेखि लकडाउनको अवस्था छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार करिब एक हजारभन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका छन्। बिहान उनीहरुले नेपाल आउन पाउनुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए। अत्यधिक भीड भएकाले सुरक्षाकर्मीलाई सम्हाल्न सकस भएको छ।


प्रतिक्रिया दिनुहोस्