कोरोना भाइरस परिक्षण गर्ने नेपालको ल्याब विश्वसनीय: डब्लूएचओ

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : २२


काठमाडौं । नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताएको छ।

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न डब्लुएचओले खटाएको माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्ट नेतृत्वको टोलीले गरेको अध्ययन रिपोर्टका आधारमा डब्लूएचओले प्रयोगशालाको रिपोर्टहरू विश्वसनिय भएको बताएको हो।

सो टोलीले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाको मार्च १३ देखि २१ सम्म अध्ययन गरेका थिए। त्यसैगरी उनले प्रयोगशालाको परीक्षण क्षमता विस्तार गर्नुपर्ने सुझावसमेत दिएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओले कोभिड परीक्षणको लागि प्रयोगशालाले राम्रो तयारी गरेको बताउँदै नेपाल सरकार र प्रयोगशालालाई आवश्यक सहयोग गर्ने जनाएको छ। अहिले कोरोनाभाइरसको परीक्षण सुविधा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ।


प्रतिक्रिया दिनुहोस्