लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ५१


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सरकारद्वारा जारी ७ दिने लकडाउनको उल्लंघन गर्ने १० जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका हुन् ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएकाे छ । लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्