काठमाडौं । फ्रान्सबाट कतार हुँदै फर्किएकी १९ वर्षीया युवतीको घरमा स्वास्थ्य मन्त्रालयले चारजना स्वास्थ्य अधिकारीहरुलाई खटाएको छ। युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि काठमाडौंस्थित घरमा स्वास्थ्य मन्त्रालयले टोली खटाएको हो ।
स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ती युवतीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टी गरेको थियो। मन्त्रालयको टोलीले होम क्वारेन्टाइनमा बसेका युवतीका अभिभावक र आफन्तसँग छलफल गरिरहेको छ।
टोलीले युवतीको सम्पर्कमा आएका अभिभावक, नातेदार, छिमेकी र साथीहरुबारे जानकारी लिन थालेको हो। सबै जानकारी लिइसकेपछि उनको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी सरकारले गरेको छ।