अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो, कुन देशको कति ?

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ०७


काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर अहिलेसम्मकै महंगो भएको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा तोकेको छ।   

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२९ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १३० रुपैयाँ ५४ पैसा छ।          

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४० रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ८० पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्