विश्वकै ठूलो मध्येकको एक चर्चित रियालिटस् शो अमेरिकन आइडलमा नेपाली मूलका दिवेश पोखरेलले पुनः दमदार प्रस्तुती दिएका छन्। स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन्।
गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए भने सोमबार राती प्रसारण भएको अमेरिकन आइडलको दोस्रो प्रस्तुतीमा उनले जज लियोनेल रिचीलाई रुवाएका छन्।
दिवेशले आफ्नो प्रस्तुती दिएर स्टेजबाट बाहिरिएपछि निर्णायक रिचीले अन्य दुई निर्णायकलाई हेरेर भने, ‘उनको प्रस्तुतीले मेरो आँखा रसाए। मलाई माफ गर्नुहोस्।’
दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए।