नेपालले चीनबाट २५ लाख मास्क ल्याउने

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : १५


काठमाडौँ । सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन्। 

स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन सुरु भएको उनले बताए । आजको राजधानी दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस्