कोरोना भाइरस फैलाएको आरोप लागेपछि ट्रम्पले दिए यस्तो प्रतिक्रिया

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : ००


अमेरिका । अमेरिकामाथि कोरोना भाइरस संक्रमण फैलाएको आरोप लागेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बारेमा प्रतिक्रिया दिएका छन् । 

सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले महामारीका लागि एसियाली मूलका अमेरिकी नागरिकको कुनै दोष नभएको बताएका हुन्। 

एसियन अमेरिकनहरुलाई ‘अद्भुत मानिस’ को संज्ञा दिँदै ट्रम्पले उनीहरुको सुरक्षा गर्नु महत्वपूर्ण रहेको बताए। एसियाली मूलका अमेरिकी नागरिकहरुमाथि मौखिक र भौतिक आक्रमण बढ्न थालेपछि ट्रम्पले यस बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 

पत्रकार सम्मेलनमा उनले भने, 'अमेरिका र विश्वभर रहेका हाम्रो एसियन अमेरिकन समुदायको रक्षा गर्नु महत्वपूर्ण छ । उनीहरु अद्भूत मानिसहरु हुन् र भाइरस फैलनुमा उनीहरुको कुनै दोष छैन ।'

यतिबेला अमेरिका पनि कोरोनाभाइरसको महामारीसँग लडिरहेको छ। देशमा हालसम्म यस भाइरसको संक्रमणबाट ४३ हजारभन्दा बढी संक्रमित बनिसकेका छन् भने ५ सय ३३ जनाको मृत्यु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस्