काठमाडौं । पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्काटोले सरकारद्वारा गठित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा पूर्व सञ्चारमन्त्री बाँस्कोटाले १ महिनाको पारिश्रमिक प्रदान गर्ने ट्विट मार्फत जनाएका छन्।
जस्ले जसरि लिउन त्याे उनकाे आग्रह वा बुझाईकाे सिमा भित्रकाे विषय हाे तर मेरो एक महिना काे तलब काेरना बिरुध्दकाे सरकारी काेषमा जम्मा गर्ने निर्णय गरेकाे छु ।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 23, 2020