कोरोना विरुद्ध हामी नेपालको साथमा छौं : चीन

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ०८


काठमाडौं। कोरोना भाइरसको त्रास फैलिरहेका बेला चिनले आफू सहयोग गर्न तयार रहेको जनाएको छ।

नेपालका लागि चिनियाँ राजदुत राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन्।

सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो।

 'हामी नेपालका लागि प्रार्थना गर्दैछौ', उनले भनेकी छन्, 'हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं। चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं।'

'तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौ', उनले भनेकी छन्। 

 

यो पनि


प्रतिक्रिया दिनुहोस्