चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १९२ देशमा फैलिएको छ। पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेको छ।
यसै क्रममा कोरोना भाइरस संक्रमितका विरामीको उपचारमा दिनरात खटिएका चिकित्सको अवस्था सार्वजनिक भएको छ। मास्क लगाएर दिन रात विरामीको सेवामा खटिएका चिकित्सले मास्क खोल्दा उनीहरुको अनुहारमा मास्कको निशान प्रष्ट देखिएका छन्।
२४ सै घण्टा मास्क लगाएर विरामीको सेवा गरिरहेका कारण मास्कले उनीहरुको अनुहारमा घाउ नै बनेको छन्। पाकिस्तानका सांसद् नाज बलोचले नर्स तथा डाक्टरको हौसला बढाउनका लागि आफ्नो ट्वीटमा यस्ता तस्वीर शेयर गरेका छन्।
Scars for humanity in the line of duty! ???
#StayHomeSaveLives#LockdownNow pic.twitter.com/M65mlpfi4V— Naz Baloch (@NazBaloch_) March 23, 2020