अमेरिका । अमेरिकामा बस्दै आएका दुई नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ। अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो।
दुवै जनाको अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको बताइएको छ। कोरोना भाइरस संक्रमणको पुष्टी भएका अर्का एक ४७ वर्षीय नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए।
सुरुमा उच्च ज्वरो आएपछि उनलाई अस्पताल पुर्याइएको थियो। तर चेकजाँचका क्रममा उनमा कोरोना भाइरसको पुष्टी भएको हो।
त्यस्तै कोरोना भाइरस लागेका ५० वर्षीय नेपालीको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको पारिवारीक स्रोतले जनाएको छ।
ती व्यक्ति पहिले देखिनै मधुमेहका विरामी थिए।