भोलिदेखि नेपाल लकडाउनः के के गर्न पाइदैन् ? (निर्णयसहित)

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  २ : ११


काठमाडौँ । सरकारले भोलि अर्थात मंगलबारबाट नेपाल लक डाउन गर्ने निर्णय गरेको छ। नेपाल लक डाउनमा गएपछि नेपालीहरु घरबाट बाहिर निस्किन पाउने छैनन्। 

काठमाडौँमा एक जना व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको थियो।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो। लक डाउनमा खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन।

लक डाउनमा सबै हवाइसेवा बन्द हुने छन् भने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधन बाहेक अरु व्यक्ति तथा सवारी साधन पूर्ण रुपमा ठप्प हुनेछन्। 

स्वास्थ्य, भन्सार, सुरक्षा लगायत अत्यावश्यकबाहेक अरू क्षेत्रका सम्पूर्ण कर्मचारीलाई बिदा दिने निर्णय गरिएको छ। औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द हुने छन्।

के-के गर्न पाइदैन् ? हेर्नुहोस् सरकारको निर्णय 


प्रतिक्रिया दिनुहोस्