कोरोनाविरुद्ध विशेष कोषमा विकास परिषद्ले दियो १ करोड

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ५०


काठमाडौं । कोरोना भाइरसविरुद्ध सरकारले शुरु गरेको विशेष कोषमा धमाधम विभिन्न संघसंस्थाहरुले रकम जम्मा गर्ने लहर चलेको छ । यसैक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय विकास परिषद्ले १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

निर्माण व्यवसाय विकास परिषद्का सदस्य सचिव गोपालप्रसाद सिग्देलले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्