कोरोनाले विश्वलाई गाँजिरहँदा विप्लव किन भए खुशी ?

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ५२


काठमाडौ । विश्वव्यापी महामारीको रुप धारण गर्दै गएको कोरोना भाइरसबारे नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि मुख खोल्नुभएको छ । पार्टीका महासचिव विप्लवले कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुराएको बताउँदै त्यसले हालसम्म नेपाली जनतालाई कुनै क्षति पुराउन नसक्नु खुशीको कुरा भएको बताउनु भएको छ ।

‘तर जोखिम कायमै छ’, महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘यस्तो जोखिमको परिस्थितिमा सारा देश एकतावद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ ।’ विप्लवले कोरोना संक्रमणका विरुद्ध आम नेपाली नागरिकलाई सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

नेता विप्लवले देशभरका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दै तत्काल पार्टी कार्यकर्ताहरु र जनसेनाहरुलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक बनाउन निर्देशन दिनुभएको छ । उहाँले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्रामक कारवाहीहरु बन्द गरिएको जानकारी पनि गराउनु भएको छ ।

विज्ञप्तिको पूरा पाठ


प्रतिक्रिया दिनुहोस्