गोरखा जिल्ला पनि ‘लकडाउन’ गरियो

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : २९


काठमाडौ । कोरोना भइरसको सम्भावित संक्रमण रोक्न गोरखा जिल्ला ‘लक डाउन’ गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले आज साँझबाटै जिल्ला ‘लक डाउन’ गर्ने निर्णय गरेको हो।

यसतै, कोरोना भाइरसको संक्रमण रोक्न अछाममा पनि आज रातीदेखि ‘लक डाउन’ गर्ने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालयले राती १२ बजेदेखि लागू हुने गरी जिल्लालाई ‘लक डाउन’ गरिएको जनाएको छ।
 

 


प्रतिक्रिया दिनुहोस्