चितवन जिल्ला पनि ‘लकडाउन’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ३२


काठमाडाैं । कोभिड -१९को त्रासले नेपालका जिल्लाहरु एक पछि अर्को बन्द हुने क्रममा अहिले चितवन जिल्ला परेको छ । बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ।

सरकारले सोमबारदेखि लामो दूरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो। चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरी बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो ।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर, पुलचोक, मुग्लिङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो।


प्रतिक्रिया दिनुहोस्