कोरोनाविरुद्धको विशेष कोषमा प्रधानमन्त्री सचिवालयबाट एक महिनाको पारिश्रमिक

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ५३


काठमाडौं । कोरोना भाइरसको संक्रमणविरूद्ध नेपाल सरकारले स्थापना गरेको विशेष कोषमा प्रधानमन्त्रीको सचिवालयबाट एक महिनाको तलब बराबर रकम उपलव्ध गराउने निर्णय गरिएको छ । उक्त रकम विशेष कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार suryaले जानकारी दिनुभयो ।

एक महिनाको पारिश्रमिक बराबरको रकम विशेष कोषमा जम्मा गर्नेहरुमा मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार surya, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्य रहनुभएको छ । त्यसैगरी विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले पनि आफ्नो आधा महिना बराबरको पारिश्रमक कोषमा जम्मा गर्नुहुने भएको छ ।
 


प्रतिक्रिया दिनुहोस्