काठमाडौं । फ्रान्सबाट केही दिनअघि काठमाडौं आएकी नेपाली विद्यार्थीमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण भएको पूर्ण पुस्टि गर्न फेरि एक पटक परिक्षण गरिने भएको छ।
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेकी काठमाडौं उत्यकाकै स्थानीय ती युवतीमा दोस्रो पटक परीक्षण गरिने अधिकारीहरुले जनाएका छन।
कतिपय अवस्थामा सुरुको परिक्षणमा पोजेटिभ देखिएपनि दोस्रो परिक्षणमा कोरोना नेगेटिभ देखिने गरेको छ।
यहि चैत ४ गते फ्रान्सबाट दोहा, कतार हुँदै नेपाल आएकी १९ वर्षिया ती विद्यार्थी घरमै सेल्फ क्वारेन्टाइमा बसेकी थिइन्।
बिरामी भएपछि कोरोनाको आशंकामा अस्पताल गएर चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार पत्रकार सम्ेलन गर्दै फ्रान्सबाट कतार हुँदे नेपाली आएकी ती युवतीमा कोरोना संक्रमण देखिएको बताउनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फ्रान्सबाट आएदेखि नै युवती होम क्वारेन्टाइनमा थिइन् हिजो नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
उपचारको सम्पूर्ण व्यवस्था मन्त्रालयले गर्ने उहाँले बताउनुभयो।
मन्त्री ढकालले ती युवतीको परिवार र होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्ने र आइसोलेनमा राख्ने तयारी भइरहेको बताउनुभयो।
मन्त्री ढकालले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई मध्यनजर गर्दै एक हप्ताका लागि नाका बन्द गर्ने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो।
नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताउनुभयो।
मन्त्री ढकालले ७ वटै प्रदेशमा टेकु अस्पताल स्तरको परीक्षण ल्याब स्थापनाका लागि काम अगाडी बढाइएको बताउनुभयो।
सबै प्रदेशका मुख्यमन्त्रीहरुसँगको सामूहिक बैठकमा अस्पताल निर्माण गर्ने विषयमा केन्द्रीत रहेर छलफल भएको उहाँले बताउनुभयो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित फलोअपमा आउनेहरुलाई केही दिन ढिला फलोअप गर्दा हुने अवस्थामा अस्पताल नबोलाउन अस्पतालहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो।
केही दिन ढिला गरी शल्यक्रिय गर्दा पनि समस्या नहुने विरामीहरुलाई तत्काल नबोलाउन अस्पताललाई भनेको उहाँले बताउनुभयो।
५० शैयाभन्दा माथिका अस्पतालहरुमा फिवर क्लिनिक सञ्चालनमा ल्याउन पनि निर्देशन दिइएको उहााले बताउनुभयो।
नमुना संकलन र परीक्षण बढी मात्रामा गर्ने गरी रणनीतिहरु बनाएर सरकार अगाडी बढेको उहाँले बताउनुभयो।
यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण देखिएको थियो। वुहानबाट आएका ती व्यक्ति १० दिनको उपचारपछि डिस्चार्ज भएका थिए।
टेकुमा अहिलेसम्म ६ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।