काठमाडौं । चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकले पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
गत फागुनमा सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उहाँको ठाउँमा नेकपा नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि अब पाण्डेलाई राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ ।