काेराेना देखिएकी किशाेरीसँग विमानमा रहेका सबैलाई ट्रयाक गरिने

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : २७


काठमाडौँ । फ्रान्सबाट कतार हुँदै नेपाली आएकी एक १९ वर्षीया किशाेरीमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । चैत ४ गते नेपाल आएकी ती किशाेरीकाे रिपोर्ट हिजो आएको हाे ।

किशाेरीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने मन्त्रालयले जनाएकाे छ। उताबाट आएपछि किशाेरीलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि बताइएकाे छ । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि बताइएकाे छ ।

याे पनि पढ्नुहाेस

काठमाडौंमा कोरोना संक्रमित भेटिए


प्रतिक्रिया दिनुहोस्