चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमणको प्रकोप विश्वका १९२ देशमा फैलिएको छ। यसै क्रममा कोरोना भाइरसको चेतावनी दिने डाक्टर ली वेनलियाङका परिवारसँग चीन सरकारले माफी मागेको छ। डा वेनलियाङ ती व्यक्ति हुन्, जसले कोरोना भाइरसको पहिचान गरेर चीनलाई सचेत बनाउने प्रयास गरेका थिए।
तर अस्पतालका अधिकारीले डा वेनलियाङमाथि अफवाह फैलाएको आरोप लगाएर उनीमाथि अनुसन्धानात्मक कारबाही गर्ने कुरा गरेका थिए। डा वेनलियाङको पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो। गत महिना डा वेनलियाङले वुहानको त्यही अस्पतालमा अन्तिम स्वास लिएका थिए।
डा वेनलियाङको मृत्युपछि चीनको सत्तारुढ दल कम्युनिष्ट पार्टीले उनको परिवारसँग माफि मागेका हो। चीन सरकारको अनुसन्धान मामिला समितिले डा वेनलियाङको चेतावनीलाई नमानेर चीनले ठूलो गल्ति गरेको बताएको छ। डा वेनलियाङ वुहान सहरको एक अस्पतालमा कार्यरत थिए।
गत डिसेम्बरमा पहिलो पटक एक व्यक्तिमा कोरोना भाइरसको लक्षण भेटिएको थियो। रिर्पोट निकै गम्भिर रहेका कारण सामाजिक सञ्जालको च्याटमा डाक्टरको एक समुहलाई डा वेनलियाङ यस बारेमा जानकारी दिएका थिए।