काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारको कोरोना कोषमा सबै सांसदलाई एक महिनाको तलब जम्मा गर्न अपिल गर्नुभएको छ।
सोमबार सामाजिक सञ्जाल ट्वीटमा स्टाट्स लेख्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। सांसदल थापाले ट्वीटरमा लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौँ । जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
उहाँले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गर्नुभयो।
सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।— Gagan Thapa (@thapagk) March 23, 2020