बलात्कारको आरोपमा जेलभित्र रहेका हलिउड निर्मातालाई कोरोना भाइरस

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ५६


बलात्कारको आरोपमा जेल सजाय भोगिरहेका हलिउड निर्माता हार्वे वेन्स्टनलाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ। विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसको संक्रमणबाट कयौँ स्टार संक्रमणको शिकार भएका छन्। 

यसै क्रममा हलिउड निर्माता हार्वेलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएको थियो। न्यूयोर्कको स्थानीय पत्रिका नियाग्रा ग्याजेटको रिर्पोट अनुसार निर्मातालाई कोरोनाको लक्षण देखिएपछि आइसोलेशन वार्डमा भर्ना गरिएको थियो। जाँचका क्रममा उनको रिर्पोट पोजेटिभ पाइएको हो। 

मिटु अभियानमा क्रममा केही अभिनेत्रीले उनीमाथि यौन दुव्र्यवहार र बलात्कारको आरोप लगाएपछि उनलाई ११ मार्चमा २३ वर्षका लागि जेल सजाय सुनाइएको छ। 

सजायपछि हार्वेले केही समय अस्पतालमा विताएका छन्। उनलाई कोरोना भाइरसको संक्रमण बाहेक डाइबिटिज र उच्च रक्तचापको समस्या पनि रहेको छ। 


प्रतिक्रिया दिनुहोस्