आजबाट लामो दूरीका यातायात सेवा बन्द

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : ५१


काठमाडौँ । आदेखि लामो दुरीका सवारी साधनमा रोक लगाइएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने घोषणा गर्नुभएको थियो। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ भने चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गरिएका छन्। 


प्रतिक्रिया दिनुहोस्