काठमाडौँ । बेलायतको लण्डनमा बसोबास गर्दै आएकी एक नेपाली महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेकी हुन्। उनले यो संक्रमण अत्यन्तै पीडादायी रहेको बताउँदै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको जानकारी गराएकी छिन्।
उनले फेसबुकमा भावुक स्टाट्स लेख्दै भनेकी छिन्, 'आज १३ दिनसम्म पनि निको हुने संकेत देखिएको छैन्।'
उनले यसबाट अरु सबै सचेत बनुन् र आफ्नो जस्तो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले यो जानकारी शेयर गरेको बताएकी छिन्।
लम्जुङ तारकुघाटकी भगवती रानाभाटले फेसबुकमा आफू उपचाररत रहँदाको फोटो पोस्ट गर्दै यो जानकारी दिएकी हुन्।