अब ४५ मिनेटमै कोरोना भाइरसको पुष्टी हुने, यस देशलाई मिल्यो सफलता

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ३ : १८


विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसको संक्रमण विश्वका १८५ देशमा फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १३ हजार ६ सय ६७ जनाको ज्यान गएको छ भने ३ लाख १८ हजार ८ सय ६८ जना संक्रमित भएका छन्।

यसै क्रममा अब कोरोना भाइरसको संक्रमण लागेको ४५ मिनेटमै पुष्टी हुने भएको छ। अमेरिकाको खाद्य तथा औषधि प्रशासनले करिब ४५ मिनेटमा कोरोनाभाइरस संक्रमणको पुष्टि गर्ने नयाँ र्यापिड डायग्नोष्टिक टेस्टलाई मान्यता दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो किटले शुक्रबार मान्यता पाएको हो । 

यो किटबाट अर्को हप्तादेखि परीक्षण सुरु गरिने क्यालिफोर्नियाको टेस्ट किट उत्पादक कम्पनी सेफिडले जारी गरेको वक्तव्यमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्