भारत र चीनसँगका सीमा बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : ३३


काठमाडौं । सरकारले भारत र चीनसँगका सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको  मन्त्रिपरिषद् बैठकले भोलि बिहान १० बजेदेखि एक हप्तासम्म सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, मन्त्रीपरिषद बैठकले कोरोना विरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गर्ने निर्णय गरेको छ।

उक्त कोषमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राख्ने निर्णय समेत भएको छ।


प्रतिक्रिया दिनुहोस्