वीरगन्जका एक व्यक्तिमा कोरोना भेटिएको दाबी

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५१


काठमाडौं । पर्साको वीरगञ्जमा एक व्यक्तिमा कोरोनाको संक्रमण फेला परेको छ।

कोरोना भेटिएका नागरिक वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन।

६ दिन अघि बिरामी भएपछि वीरगञ्जको गण्डक अस्पताल भर्ना भएका शिवकुमारलाई कोरोनाको आशंका पछि भारतको पटना मेडिकल कलेजमा रिफर गरिएको थियो।

उनमा कोरोनाको संक्रमण पुष्टि भएको भारतीय मिडियाको दाबी छ।

ती व्यवसायी निकट मानिने पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले समेत आफ्नो फेसबुक मार्फत शिव कुमार रंगटालाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्