घातक भाइरस विरुद्ध भारतभर शंख र थाल बजाइयो

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ५२


नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको अपील पछि भारतीय जनताले जनता कर्फ्यूको पूर्ण पालना गरेका छन्।

यसका साथै देशका सबै मानिसहरूले शंख, घण्ट तथा थाली बजाएर एकताको सन्देश दिएका छन्।

कोरोना विरुद्धको खतराको सामना गर्न सम्पूर्ण भारत एकजुट छ भन्ने सन्देश दिइएको हो । 

जनता कर्फ्यूपछि आज भारतमा धेरै मानिसहरू घरमै बसे।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै कफ्र्यु  लगाइएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधामन्त्री मोदीले जनता कफ्र्युलाई पालना गर्न र कोरोना विरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरेका थिए ।

जनता कफ्र्युका कारण भारतमा आइतबार आवश्यक सामग्री बेच्ने बाहेक सबै पसल, यातायातका साधनलगायत बन्द भएका छन् भने बजार सुनसान रहेका छन्।

भारतका कतिपय स्थानमा यसअधि नै लामो समयका लागि बन्द घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्