काठमाडाैं । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने भएको छ । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि आज राति १२ बजेबाट कर्फ्यू लगाउने निर्णय भएको बताउनुभयाे ।
सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो । बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कर्फ्यू कहिले सम्मको लागी हो भन्ने विषय चाँही अहिले स्पष्ट नभएको खतिवडाले बताउनुभयाे ।