काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ । स्टकका अनुसार आज नेप्से परिसूचक १८.२० अङ्कले घटेर १ हजार २५१.४५ अंकमा पुगेको छ । यस्तै क बर्गको मापन सेन्सेटिभ इन्डेक्स पनि २.७६ अङ्कले घटेर २७१.०६ मा पुगेको छ ।
आज कुल १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर रु १९ करोड ४६ लाख ४२ हजार ९८४ बराबरको शेयर किनबेच भए । कारोबार भएका कुल ११ उपसमूहमध्ये ३ वटा समूहको शेयर मुल्य बढ्यो भने बाँकी ८ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएका छन् । होटल ५२.९९, निर्जिवन विमास १.२६ र अन्य समूह ७.२८ अंकले वृद्धि भए ।
उता बैकिङ २७.१३, व्यापार १०.५६, जलवद्युत ४.८७, वित्त ०.१७, उत्पादन २९.३, लघुवित्त १७.९४ र जीवन विमा समूह १०२.९८ अंकले गिरावट आएका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो ।
सो कम्पनीको शेयर रु २ करोड ८१ लाख ७० हजार ६१ मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैंकको रु. १ करोड ९६ लाख ८६ हजार २६४, हिमालयन डिष्टिलरीले १ करोड ४५ लाख ३१ हजार ८३५, एनआईसी एशियाको १ करोड ११ लाख ३९ हजार ९८५, नबिल बैंकको १ करोड ७ लाख ११ हजार ८८४ रुपैयाँ बराबरको खरिदबिक्री भयो ।
आज कारोबारमा आएका एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.६९ प्रतिशतले कमाए । यसैगरी अपि पावरको ७.४१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ७.०२ प्रतिशत, सिभिल लघुवित्तको ५.८९ प्रतिशतले वृद्धि भयो ।
गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ९.३७ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमोटर शेयर ६.८९ प्रतिशत, एनसीसी बैंकको ६.३१ प्रतिशतले शेयर मूल्यमा गिरावट आएका छन् ।