क्रोयसियामा भूकम्पको धक्का

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ५९


कोरोना  भाइरस विरुद्ध लडिरहेको दक्षिणपूर्वी युरोपेली मुलुक कोयसियामा भूकम्प गएको छ।

राजधानी जाग्रिबलाई केन्द्रबिन्दु बनाएर ५ ३ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पमा परि थुप्रै भवनहरु ध्वस्त भएका छन भने दर्जनौ मानिस घाइते भएका छन्।

एक १५ बर्षीय किशोरको मृत्यु भएको बताइएको छ।

भूकम्पको धक्का हंगेरी, बोस्‍निया हर्जगोभिनामा पनि महशुस गरिएको थियो ।

 क्रोएसियामा हालसम्म कोभिड १९ का २ सय ६ जना संक्रमित भएका छन् भने एकजनाको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट बच्नका लागि घरभित्र बसिरहेका मानिसहरुलाई भूकम्पको धक्काले तर्साएको राजधानी जाग्रिबका एक बासिन्दाले बताए ।

विस्तृत विवरण आउँन बाँकी छ।


 


प्रतिक्रिया दिनुहोस्