भाइरस फैलाउने देश भन्दै इरानले अस्वीकार गर्यो अमेरिकी सहयोग !

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : १३


तेहरान । घातक भाइरससँग संघर्ष गरिरहेको इरानले अमेरिकाको सहयोग प्रस्ताव अस्वीकार गरेको छ।

अमेरिकाले कोरोनाभाइरस महामारी विरूद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरेको थियो। 

ईरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले आइतबार एक टेलिभिजन भाषण मार्फत अमेरिकाको सहयोग प्रस्तावलाई 'अनौंठो' भनेका छन।

सम्बोधनमा नेता खामेनईले इरानले कोरोना प्रकोप लगायत कुनै पनि संकट र चुनौतिहरू पार गर्न सक्ने क्षमता राख्ने बताए। 

लामो समयदेखिको दुश्मनीका बाबजुत वाशिंगटनले ईरानलाई मानवीय सहयोगको प्रस्ताव गरेको थियो। 

नेता खामेनेईले ट्विटमार्फत 'कोरोनाबाट आफैं संकटमा रहेको देश' भन्दै आफ्नै बिरामीहरुलाई सहयोग गर्न आग्रह गरेका छन।

साथै नेता खामेर्नइले कोरोना भाइरस अमेरिकाले फैलाएको भन्ने सुन्नमा आएको ट्विटमा उल्लेख गरेका छन।

नेता खामेनीइले भनेका छन, “धेरै पटक अमेरिकीहरूले इरानलाई भाइरस नियन्त्रण गर्न मद्दत गर्ने प्रस्ताव राखेका छन्। मलाई थाहा छैन यो कति सत्य हो.. तर तिनिहरु स्वयमं लाई नै भाइरस फैलाएको आरोप लागेको छ। इरानलाई सहयोग गर्ने प्रस्ताव अनौठो छ''

मध्यपूर्वमा अहिले सबैभन्दा बढि कोरोना प्रभावित भएको मुलुक इरानमा १५ सय मानिसको मृत्यु भएको छ भने २१ हजार मानिस संक्रमित भएका छन। 


प्रतिक्रिया दिनुहोस्