काेइलाबास । दाङका साना ठूला गरि २६ वटा नाकाहरू अनिश्चितकालीन बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सीमा जोडिएका दाङकाे गढवा र राजपुर गाउँपालिकामा पर्ने साना ठूला २६ वटा नाका अनिश्चित कालका लागि वन्द गरिएकाे हाे ।
चीनकाे वुहानबाट फैलिएको काेराेना भाइरस (काेभिड १९) ले भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दुवै देशका अधिकारीवीचको सहमतिमा दाङका सीमा नाका पूर्णरुपमा अनिश्चितकालीन बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
नेपाल–भारत सीमा जोडिएका दाङका मुख्य नाकाहरु कोइलावास, खाङग्रा, भौवा, पटौली, सुनपथरीलगायत साना ठूला २६ नाकाहरु स्थिति सामान्वय अवस्था नहुदासम्मका लागि पूर्णरुपमा बन्द गरिएको हो ।