३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ०८


काठमाडौं । नुवाकोटमा एक महिलामाथि पाँच जनाले सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियाे ।

प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र दुप्चेश्वर गाँउपालिका ५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई पक्राउ गरेको हो । पाँच जना युवा घरको झ्याल फोरेर प्रवेश गरेको हातखुट्टा बाधी बलात्कार गर्नुका साथै उनले लगाएको सुनको सिक्री, हातको औंठी र घरमा भएको नगद समेत लिएर भागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु त्यही रात उनीले शिवपुरी गाँउपालिकाकै रामसिंह तामाङको घरमा समेत चोरी गरी कुटपिट गरेर फरार भएका थिए। गिरोहका अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्