काठमाण्डौ । भाेलिदेखि काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको छ । भाेलिदेखि अर्को सूचना जारी नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जानकारी दिएकाे छ ।
विभागका अनुसार सोमबारदेखि काठमाण्डौं, ललितपुर र भक्तपुरभित्र गाडी ओहोरदोहार गर्न पाइने भए पनि काठमाण्डौं बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन् ।
यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने विभागको भनाइ छ । सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने छन्।