दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
भारतको पटनास्थित एम्स अस्पतालमा उपचाररत कोरोना भाइरसका विरामीको मृत्यु भएको हो। आजै मुंबईमा पनि अर्का एक व्यक्तिको मृत्यु भएको थियो।
कतारबाट भारत आएका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उपचारका लागि आइसोलेशनमा राखिएको थियो। तर उनलाई चिकित्सकले बचाउन नसकेको सम्बन्धीत निकायलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ३ सय ३२ माथि छ। कोरोना भाइरस तिब्र रुपमा फैलिएपछि भारतले सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्नुका साथै जनता कफ्र्युको घोषणा समेत गरेको छ।