काठमाडौँ । क्रिकेटर पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन्।
उनले भिडियोमा भनेका छन्, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौं ।’