फेरि बढ्याे सुनचाँदीको मूल्य, हेर्नुहोस् कति छ आजको भाउ ?

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ११


काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ ।  आइतबार सुन प्रति तोलामा १ हजार र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ । आइतबार छापावाल सुन प्रति तोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार सुन प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रति तोला ७२० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्