काठमाडाैं । ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले आफ्नो ४०औं जन्म दिन जेलमै मनाएका छन् । रोनाल्डिन्होले २१ मार्चमा पर्ने आफ्नो जन्मदिन पाराग्वेको जेलमा मनाएका हुन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरि जेलमा राखिएको छ ।
उनी १० दिनअघि नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए । रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन । उनी अझै केही समय जेलमा बस्नु पर्ने बताईएको छ ।