कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गर्नुभएको आग्रहलाई यहाँका एक जनप्रतिनिधिले पुरा गरिदिनुभएको छ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नं ६ जरेबरमा आप्mनो नाममा रहेको निजी जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएको हो। सो जग्गाको भाडा प्रतिमहिना ६५ हजार रुपैयाँ रहेको छ। कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको भन्दै उहाँले व्यवसायीलाई राहतस्वरुप एक महिनाको भाडा नलिने निर्णय गरेको जानकारी दिनुभयो।
गाउँ फर्किने अभियान नै चलेसँगै पोखरा रित्तिँदै गएपछि व्यापार-व्यवसायमा आएको मन्दीका कारण घरभाडा, बैंक ब्याजलगायत विभिन्न क्षेत्रमा छुटको माग गर्दै आएका व्यवसायीलाई यस्ता छुटले राहत पुग्ने विश्वास गरिएको छ।