कोरोना संक्रमित गायिका खुलारुपमा हिँडडुल गरेको भन्दै कनिका कपुर विरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ३८


काठमाडौं । कोरोना संक्रमित गायिका कनिका कपुर विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । बेलायतबाट फर्केकी उनलाई कोरोना संक्रमण भएको भारतीय मिडियाले जनाएको छ । उनी १० दिनअघि बेलायतबाट फर्किएकी थिइन् ।

उनी कोरोनाभाइरसबाट संक्रमित भएपछि पनि खुलारुपमा हिँडडुल गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको जनाइएको छ । लापरबाही गरेको भन्दै उनीविरुद्ध उत्तर प्रदेशका प्रहरीले मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्