काठमाडौँ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म १८५ देशमा फैलिएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमणको प्रभावमा इटलीमा बढी देखिएको छ भने अमेरिका तेस्रो मुलुक बनेको छ।
शनिबार मात्रै अमेरिकामा ७ हजार ६८६ नयाँ कोरोनाका बिरामी भेटिएका छन्। योसँगै अमेरिकामा जम्मा संक्रमितको संख्या २७ हजार ६९ पुगेको हो।
संक्रमणसँगै अमेरिकामा मृत्युदर पनि बढेको छ। वर्ल्डओमिटर्सका अनुसार, शनिबार मात्रै यहाँ कोरोनाका कारण ८४ जनाको ज्यान गएको थियो। कोरोना लक्षण देखिएका ८४ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४० पुगेको छ।