साप्ताहिक राशिफलः चैत ९ गतेदेखि १५ गतेसम्म

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : १९


मेष– व्यापारमा आम्दानी राम्रो हुनेछ । आर्थिक सहयोग मिल्नाले आँटको काम पूरा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचारको लागि खर्च हुनेछ । सामान्य क्षति हुनसक्ने एवं आलोचनाको भय रहनेछ । साताको अन्त्यमा भने नयाँमित्र भेटघाट हुने, मनोरञ्जनमा खर्च हुने तथा सानो यात्राको अवसर मिल्नेछ ।

वृष–राजनीतिक क्षेत्रमा बलियो पकड रहनेछ । पद, प्रतिष्ठामा वृद्धि एवं प्रशानिक काममा जस मिल्नेछ । आम्दानीको रफ्तार बढ्नाले धन सम्पत्तिको चिन्ता घट्नेछ । पशु चौपाया एवं कृषिबाट आर्थिक सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रामा खर्च हुने, सामान्य चोटपटकको भय रहन्छ । आफन्तमा मनमुटाव बढ्नाले तनाव बढी हुने देखिन्छ ।

मिथुन–वैदेशिक कामबाट फाइदा मिल्नेछ । ठूलाबडाको साथ मिल्नाले काममा प्रगति देखिन्छ । धार्मिक एवं सामाजिक क्षेत्रमा योगदान हुने एवं परोपकारमा मन जानेछ । राजनीतिक क्षेत्रबाट सहयोग मिल्ने एवं ठूलाबडाको साथ पाउनाले फाइदा आफूलाई हुनेछ ।  आम्दानीको स्तर बढ्ने एवं धनसम्पत्तिको प्राप्ति देखिन्छ ।

कर्कट – स्वास्थ्यमा समस्या बल्झिनेछ । पुरानो कामको समस्या आइपर्ने तथा मित्रहरुबाट धोका हुन सक्नेछ । धर्ममा रुचि बढ्ने एवं विदेशबाट फाइदा मिल्नेछ । सन्तानको प्रगति एवं भाग्यले साथ दिनेछ । सरकारी क्षेत्रमा फाइदा, पदप्रतिष्ठामा वृद्धि एवं रोजगारीको राम्रो अवसर मिल्नेछ ।

सिंह– व्यावसायिक यात्रा हुनेछ । पारिवारिक भेटघाट एवं नयाँ मित्रसँग नयाँ कामको थालनी हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने, काममा रोकावट हुने तथा अपमानको भय रहन्छ । साताको अन्त्यमा भने लामो यात्रा हुने, सन्तानको सुख बढ्ने एवं इष्टमित्रबाट राम्रो सहयोग एवं अधुरा कार्य बन्ने देखिन्छ ।

कन्या– खेलकुदमा मन जानेछ । घरबाट टाढा बस्नुपर्ने एवं आफन्तबाट छुट्टिनुपर्नेछ । यात्राको सुख मिल्ने एवम नयाँ ठाउँमा भ्रमण हुनेछ । काममा बाधा आउने, बीचमा स्वास्थ्यले समस्या दिने एवं आफन्तमा झमेला आइपर्नेछ । खर्च बढ्नाले आँटेको काममा ढिलासुस्ती हुनेछ ।

तुला –अध्ययनमा सफलता मिल्नेछ । कला, संगीत एवम आध्यात्मिक रुचि बढनेछ । सन्तानले सहयोग गर्ने एव व्यापार व्यवसायमा आम्दानी राम्रो हुनेछ । स्वास्थ्यले साथ दिने तथा शत्रु बाधा हटेर जानेछ । मुद्दा मामिला एवं वादविवादमा आफ्नो जित हुनेछ । साताको अन्त्यमा भने यात्रा गर्नुपर्ने तथा प्रियमित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक – पारिवारिक समस्या बल्झिनेछ । घरका सदस्यसँग कुरा नमिल्नाले आफ्नो योजना विफल हुनेछ । जग्गा जमिन एवं साँध सिमानामा कलह हुनेछ । विद्यामा भने प्रगति एवं काममा उत्साह बढ्नेछ । धनको सहयोग गर्ने अघि सर्ने तथा छोराछोरीबाट खुशी बढ्नेछ । व्यापारमा आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ ।

धनु– सानो यात्रा गर्नुपर्नेछ । दाजुभाइबाट सहयोग मिल्ने तथा बन्धुबान्धवबाट आश्वासन मिल्नेछ । जिम्मेवारी थपिने तथा नयाँ काममा आँट मिल्नेछ । साताको मध्यमा भने महिला वर्गसँग दुश्मनी एवं परिवारमा मित्रता टुट्नेछ । साताको अन्त्यमा भने विद्याध्यनमा प्रगति एवं कृषि तथा होटल व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।

मकर– बोलीबचनले साथ दिनेछ । बोलीको प्रभावमा मित्रको सहयोग मिल्नेछ । भोजनको सुख मिल्ने  छ ।  नयाँ सरसामान जाेड्ने अवसर मिल्नेछ । सवारी सुख बढ्ने, धनको जोहो हुने एवं दाजुभाइबाट साथ सहयोग रहनेछ । अपर्झट नयाँ कामको लागि यात्रा गर्नुपर्नेछ । साताको अन्त्यमा भने पारिवारिक द्वन्द बढ्ने एवं मानसिक तनाव हुने देखिन्छ ।

कुम्भ– रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ ठाउँको भ्रमण एवं प्रेममा प्रगति हुनेछ । सम्पत्तिको कारोबार बढ्ने एवं आर्थिक सहयोगीहरु अगाडि आउनेछन् । विद्याध्ययनमा प्रगति एवं राजनीतिमा पहुँच बढ्नेछ । नयाँ जग्गाजमिनको खरिबबिक्री तथा कृषिबाट राम्रो आम्दानी हुनेछ । बन्धु बान्धवको सहयोगले वैदेशिक कामबाट राम्रो फाइदा मिल्नेछ । ​

मीन– यात्रामा खर्च हुनेछ । अनावश्यक लागत बढ्नाले खर्चको तनाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा साथीभाइसँग सामान्य मनमुटाव रहनेछ । साताको मध्यमा भने मनोरञ्जनमा दिन बित्ने एवं साथीभाइसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने धनको कारोबार हुने, बोलीको कारणले काम बन्ने एवं सभा, सेमिनारमा सहभागिता भइनेछ ।


प्रतिक्रिया दिनुहोस्