काठमाडौँ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि नेपाल आयल निगमले आजदेखि काठमाडौँका विभिन्न स्थानमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गरेको छ।
नेपाल आयल निगमले ग्यास उद्योग सङ्घको सहकार्यमा काठमाडौँ उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो।
निगमका अनुसार नेपाल र तारा ग्यासले बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एनएस स्टोरबाट ग्यास बिक्री गर्नेछन् । यस्तै सागर र चण्डी ग्यासले जडीबुटी बिक्री डिपोबाट तथा एसटीसी ग्यासले कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट ग्यास बिक्री गर्नेछन् ।
ओम ग्यासले थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट, बाबा, श्री र लुम्बिनी ग्यासले कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडि ग्याच बेच्ने जनाएका छन् ।
हेर्नुहोस् कुन ग्यास कुन ठाउँमा पाइन्छ ?