कोरोना लागेका ९५ हजार बढी व्यक्तिको उपचार सफल

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : ५४


काठमाडौँ । विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार माथि पुगेको छ। आइतबार बिहानसम्म ३ लाख ७ हजार ६ सय २७ जना कोरोना संक्रमित भएका छन्। 

आइतबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित ९५ हजार ७ सय ९७ जना व्यक्ति उपचारपछि घर फर्किएका छन्। कोरोना भाइरसको उद्गम स्थिल चीनमा शनिबार ६ जनाको मृत्यु भएको छ भने ४६ जना नयाँ संक्रमित भेटिएका छन्। 

इटलीमा भने कोरोना भाइरसले भयावह रुप ल्याएको छ। इटलीमा २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ भने ६ हजार ५ सय ५७ जना नयाँ संक्रमित फेला परेका छन्। 

इटलीमा अहिलेसम्म ५३ हजार ५ सय ७८ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् भने ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ। जहाँ ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस्